सेयर बजार स्थिर, १ अर्ब ५६ करोडको कारोबार

हिमाल प्रेस १८ मंसिर २०७९ १५:१४
4
SHARES
सेयर बजार स्थिर, १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) स्थिर देखिएको छ। १९६१ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावका बीच १९६३ बिन्दुमा पुगेर रोकिएको छ। परिसूचक २.१६ अंकले मात्रै बढे पनि कारोबार रकम भने सन्तोषजनक देखिएको छ। आज २४३ कम्पनीको ३६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै ओरियन्टल होटल लिमिटेड, खप्तड लघुवित्त, युनाइटेड इन्स्योरेन्सलगायत ९७ कम्पनीको सेयर मूल्य बढेको छ। आज नेष्डो समृद्धि लघुवित्त, नबिल बैंक, पोखरा फाइनान्स लिमिटेडलगायत ८९ कम्पनीको मूल्य घटेको छ। १३ कम्पनीको मूल्य भने स्थिर रह्यो।

आइतबार होटल तथा पर्यटन र जीवन बिमा उपसमूहमा लगानीकर्ताको आकर्षण देखियो। यी दुई उपसमूहको सूचक क्रमशः १.६५ र १.९८ प्रतिशतले उकालो लागेको छ। कारोबार रकमका हिसाबले आज नबिल बैंक शीर्ष स्थानमा रह्यो। नबिलको १९ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =