याडियाको विश्वकप अफर, ९० हजार बराबरको टीभी जित्न सकिने

हिमाल प्रेस १८ मंसिर २०७९ १३:०९
4
SHARES
याडियाको विश्वकप अफर, ९० हजार बराबरको टीभी जित्न सकिने

काठमाडौँ- नेपालका लागि याडिया ब्रान्डका विद्युतीय स्कुटर बिक्री गर्दै आएको कुजु नेपाल प्रालिले ‘बम्पर फिफा वर्ल्डकप’ अफर ल्याएको छ। अफरअन्तर्गत प्रत्येक स्कुटरको खरिदमा २० हजार नगद छुटको व्यवस्था गरिएको छ।

त्यसका साथै बम्परमा तेस्रो पुरस्कारको रुपमा ४१ हजार १९० रुपैयाँ पर्ने १९० लिटर रेफ्रिजिरेटर र दोस्रो पुरस्कारको रुपमा ५५ हजार ६९० रुपैयाँ पर्ने स्मार्ट एलईडी टीभी राखिएको छ।

प्रथम पुरस्कारको रुपमा एक जना ग्राहकले ९० हजार १९० रुपैयाँ पर्ने फोर के स्मार्ट एलईडी टीभी पाउने कम्पनीले जनाएको छ। कम्पनीले कुनै पनि ब्रान्डका दुईपांग्रे सवारी साधनसँग याडिया विद्युतीय स्कुटर एक्सचेन्ज गर्ने व्यवस्थासमेत गरेको छ।

प्रकाशित: १८ मंसिर २०७९ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =