एनआईसी एशियाका तीन सय ग्राहकले सिनेमा हलमा विश्वकप फाइनल हेर्न पाउने

हिमाल प्रेस १८ मंसिर २०७९ १२:११
18
SHARES
एनआईसी एशियाका तीन सय ग्राहकले सिनेमा हलमा विश्वकप फाइनल हेर्न पाउने

काठमाडौँ- एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना ल्याएको छ।

यसअनुसार ‘एनआईसी एशिया मोबाइल बैंकिङ एप’ प्रयोग गरी विश्वकपका खेलको सही विजेता अनुमान गर्नुपर्नेछ। यसरी मिलाउने ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५०० देखि २००० रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ। उक्त योजनाअन्तर्गत तीन सय जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ।

२० लाख पटक डाउनलोड भइसकेको एनआईसी एशिया मोबाइल बैंकिङ एपमा विश्वकपको सम्पूर्ण खेलको तालिकासहित खेलसम्बन्धी अन्य विवरणसमेत समावेश गरिएको छ।

जसको आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन्। तीन सय टिकटमध्ये मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टलाई प्रतिमर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने बैंकले जनाएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =