पाल्पाका महिला व्यवसायिक पशुपालनमा अग्रसर

हिमाल प्रेस १७ मंसिर २०७९ १७:४८
12
SHARES
पाल्पाका महिला व्यवसायिक पशुपालनमा अग्रसर फाइल तस्बिर।

रामपुर– पाल्पाका महिला व्यवसायिक पशुपालनबाट आर्थिक क्षेत्रमा अब्बल बन्दै गएका छन्।

रामपुर सिर्जनशील पशुपंक्षी तथा कृषि फार्मका सञ्चालक सिर्जना पौडेल समाजमा पशुपालन गरेर उदाहरणीय महिलाका रूपमा चिनिएकी छन्।

उनको व्यावसाय यस क्षेत्रकै नमुना र अवलोकनयोग्य बनेको छ। कालीगण्डकी करिडोरको आडैमा रहेको उनको व्यवसाय अवलोकन गर्न र व्यवसायसम्बन्धी जानकारी लिन कृषक पुग्ने गर्दछन्।

सामाजिक संघ संस्थामा सक्रिय उनी पशुपालनबाटै आफू आत्मनिर्भर बन्दै गएको बताउँछिन्।

रामपुर नगरपालिका ५ सानीअमराईकी पौडेलले बेझाड बजारमा करिब एक दशक फेन्सी पसल सञ्चालन गरेकी थिइन्।

फेन्सी पसलबाट राम्रै आम्दानी गरेकी उनले सो व्यवसायलाई घरमै सारेर पशुपालनलाई सँगै अगाडि बढाएकी छन्।

पशुपालनबाट आफू सन्तुष्ट रहेको पौडेल बताउँछिन्। उनले गाउँका अन्य महिलालाई पनि पशुपालनमा लाग्न सल्लाह दिने गर्छिन्।

‘पुरुषको तुलनामा महिलाको जिम्मेवारी धेरै छ, हिम्मत र साहस गरियो भने पुरुषभन्दा महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन्,’ उनले भनिन्, ‘अरूको भरमा रहेका महिला सधैँ पछाडि परिरहेका छन्, आयआर्जनमूलक व्यवसायमा लागियो भने कसैमाथि निर्भर रहनु पदैन्, आर्थिक रूपमा बलियो भएपछि घरपरिवार, समाजबाट सम्मानजनक व्यवहार पाइन्छ।’

उनको फार्ममा हाल सातवटा भैँसी र तीनवटा गाई छन्। अहिले छ भैँसी र एक दुहुना गाईबाट दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्छन्।

यहाँको बजारमा भैँसीको दूध प्रतिलिटर ८५ र गाईको दूध ६५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुन्छ। पशुपालनबाट उनले मासिक ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन्।

प्रकाशित: १७ मंसिर २०७९ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =