श्रीलंकाले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

हिमाल प्रेस १७ मंसिर २०७९ ६:१०
श्रीलंकाले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

काठमाडौँ– श्रीलंकाले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउँने लक्ष्य राखेको छ।

यस्तै सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन्।

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। उनले थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए छन्।

पर्यटन श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो।

तर कोरोना महामारी र देशमा जारी आर्थिक एवम् राजनीतिक संकटका कारणले पर्यटन व्यवसायमा झड्का लागेको छ।

श्रीलंकामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ।

श्रीलंकाको छिमेकी देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलंकामा भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्यांकले देखाएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =