बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूतसँग भेट गर्दा अनुमति लिएको हो?

हिमाल प्रेस १६ मंसिर २०७९ १७:५९
42
SHARES
बालेनलाई भीम रावलको प्रश्न : अमेरिकी राजदूतसँग भेट गर्दा अनुमति लिएको हो?

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई अमेरिकी राजदूतसँग भेट गरेको विषयमा प्रश्न गरेका छन्। बालेनले बिहीबार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।

पूर्वगृह एवं रक्षामन्त्रीसमेत रहेका रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। कामपाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौँ।’

प्रकाशित: १६ मंसिर २०७९ १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =