डिशहोमको वर्ल्डकप प्याकेज तीन सयमा

हिमाल प्रेस १६ मंसिर २०७९ १४:५०
6
SHARES
डिशहोमको वर्ल्डकप प्याकेज तीन सयमा

काठमाडौँ– मोबाइल वालेट आइएमई पेले ‘डिशहोम नकआउट तीन सय’ अफर सार्वजनिक गरेको छ।

यसअन्तर्गत ग्राहकले डिशहोमको वर्ल्डकप प्याकेज तीन सय रुपैयाँमा आइएमई पे एपको प्रयोग गरी खरिद गर्न सक्नेछन्।

प्याकेजको भुक्तानी गर्दा ‘नकआउट’ प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ। जसमार्फत वर्ल्डकप प्याकेजको पूर्ण मूल्य ५६५ तिर्दा २६५ फिर्ता पाइनेछ।

आइएमई पे मोबाइल वालेटमार्फत ग्राहकले आफैँ वा एजेन्टमार्फत विभिन्न भुक्तानी गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफरदेखि अनलाइन तथा स्थलगत स्टोरमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ।

प्रकाशित: १६ मंसिर २०७९ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =