संघ र प्रदेशमा सत्तागठबन्धनकै सरकार बन्छ : देवेन्द्र पौडेल

हिमाल प्रेस १५ मंसिर २०७९ १८:५१
14
SHARES
संघ र प्रदेशमा सत्तागठबन्धनकै सरकार बन्छ : देवेन्द्र पौडेल

बागलुङ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन्।

बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले यस्तो बताएका हुन्। जनतासँग गरेका वाचा ५ वर्षमा पूरा गर्ने उनको भनाइ छ।

‘यसअघि गर्न नसकेका कामहरु पनि छन्,’ उनले भने, ‘पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी ५ वर्षमा क्रमश: पूरा गछौं।’

संघ र प्रदेशमा वर्तमान सत्तागठबन्धनकै सरकार बन्ने उनले दाबी गरे। यस्तै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उनले स्पष्ट पारे।

‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौं,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ।’

चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकाशमा समान वितरण हुने उनले विश्वास व्यक्त गरे।

ढोरपाटन-साल्झण्डी सडक, केन्द्रीय प्रसरण लाइन, पक्की पुल निर्माण गरिने मन्त्री पौडेलले बताए। यस्तै ढोरपाटनमा आलु उत्पदन र बजार विस्तारलाई जनताको चाहानाअनुसार बढाइने उनको भनाइ छ।

‘जनताका आवश्यकता धैरै छन्,’ उनले भने,’जनताको चाहनाअनुसार यी सबै काम गर्छौं।’

प्रकाशित: १५ मंसिर २०७९ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =