मदरल्यान्ड स्कुलमा शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी

हिमाल प्रेस १५ मंसिर २०७९ १८:२४
14
SHARES
मदरल्यान्ड स्कुलमा शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी

पोखरा– मदरल्यान्ड सेकेन्डरी स्कुलमा शैक्षिक सामग्री निर्माण तथा प्रदर्शनी गरिएको छ।

कक्षा १ देखि नौसम्मका विद्यार्थीले सहभागिता जनाएको प्रदर्शनी आइतबारदेखि बुधबारसम्म गरी ४ दिनसम्म चलेको थियो। जसमा विषयगत रूपमा नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको व्यावहारिक अध्ययन/अध्यापनका लागि विशेष उपयोगी हुने सामग्री राखिएको थियो।

प्रदर्शनीमा राखिएका सामग्री विद्यार्थीले स्कुलबाट निस्किएका खेर जाने वस्तुको पुन: प्रयोग गरी बनाएका थिए। कक्षागत रूपमा छनोट गरी उत्कृष्ट सामग्री बनाउने विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो।

विद्यालयले अध्ययन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित: १५ मंसिर २०७९ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =