विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्तमा ६२ विद्यार्थी दीक्षित

हिमाल प्रेस १५ मंसिर २०७९ १७:४४
10
SHARES
विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्तमा ६२ विद्यार्थी दीक्षित

विराटनगर– विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह, २०२२ सम्पन्न भएको छ। समारोहमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेश मेनेजमेन्ट विषयका ६२ जना विद्यार्थी दीक्षित भएका छन्।

सबै विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सहउपकुलपति टिच स्टिलले दीक्षान्तको प्रमाण पत्र प्रदान गरेका थिए।

स्नातक तह पार गरेका उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्रयाजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिको व्यवस्था गरेको छ।

छात्रवृत्तिमा विद्यार्थीले हेराल्ड कलेज काठमाडौँमा एमबीए अध्ययन गर्न पाउनेछन्।

प्रकाशित: १५ मंसिर २०७९ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =