सबैको योगदानले निर्वाचन सम्पन्न भयो : गृहमन्त्री

हिमाल प्रेस १५ मंसिर २०७९ १७:२५
10
SHARES
सबैको योगदानले निर्वाचन सम्पन्न भयो : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले सबैको सहयोगले निर्वाचन सम्पन्न भएको बताएका छन्। आज बिहीबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि मन्त्री खाणले निर्वाचन सम्पन्न गरेर संविधानलाई थप बलियो बनाउने काम भएको बताएका हुन्।

‘केन्द्रीय सुरक्षा समितिको माध्यमबाट सबैलाई धन्यावाद दिन्छु निर्वाचनले संविधानलाई बलियो बनाउन बल पुर्‍याएको छ। राष्ट्रिय दायित्व पुरा गर्नेक्रममा सबै नेपाली जनता, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद’ उनले भने।

निर्वाचनको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मी र नागरिकको परिवारप्रति खाणले सरकारको तर्फबाट समवेदना पनि प्रकट गरे। अहिलेको निर्वाचनमा भएका राम्रा पक्षलाई आगामी दिनमा पनि दोहोर्‍याउने र कम्जोरी भएका विषयलाई सच्याएर अघि बढ्न गृहमन्त्रालय तयार रहेको उनको भनाइ छ।

‘निर्वाचनका राम्रा पक्षलाई आगामी दिनमा पनि निरन्तरता र कमीकमजोरीलाई सच्याइने छ,’ उनले थपे, ‘सीमित श्रोत र साधनका बाबजुत पनि निर्वाचन सम्पन्न भएको छ। सबैको योगदानले यो निर्वाचन सम्पन्न भएको छ। नेपालको सुरक्षाको प्रबन्धनलाई अझै मजबुद बनाउन शान्ति स्थितरतालाई कायम राख्दै जनताले चाहे अनुसार सुरक्षाको प्रत्याभूति गराउने हाम्रो उद्देश्य हो।’

आम नागरिकको विश्वास र भरोसालाई अगाडि बढाउँदै संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको खाणको भनाइ छ।

प्रकाशित: १५ मंसिर २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =