ग्रेडरले किचेर बालिकाको मृत्यु भएपछि विद्यार्थी आन्दोलित

हिमाल प्रेस १५ मंसिर २०७९ १६:०१
10
SHARES
ग्रेडरले किचेर बालिकाको मृत्यु भएपछि विद्यार्थी आन्दोलित

धनगढी– धनगढीमा ग्रेडरले किच्दा एक बालिकाको मृत्यु भएको छ। सोही विषयलाई लिएर विद्यार्थी आन्दोलित भएका छन्।

अहिले विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रर्दशन गरिरहेका छन्। उनीहरूले प्रहरीविरुद्ध नाराबाजी पनि गरिरहेका छन्।

आन्दोलनरत विद्यार्थीहरूले धनगढीका सबै विद्यालय बन्द गराएका छन्।

मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी छन्।

बिहीबार धनगढी उपमहानगरपालिका- ५ हसनपुर पिपलचौतारानजिक सडकको काम गरिरहेको ना. १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई किचेको थियो।

ग्रेडर अप्रेटरलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ।

तस्बिरहरू- पदमराज भट्ट/हिमाल प्रेस

प्रकाशित: १५ मंसिर २०७९ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =