गत महिना भित्रिए ७२ हजार ६५३ पर्यटक, कुन देशका कति?

हिमाल प्रेस १५ मंसिर २०७९ १५:४८
10
SHARES
गत महिना भित्रिए ७२ हजार ६५३ पर्यटक, कुन देशका कति? फाइल तस्बिर।

काठमाडौँ– गत महिना (नोभेम्बर)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७२ हजार ६५३ विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन्।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार यो अवधिमा सबैभन्दा धेरै सार्क मुलुकका पर्यटक आएका छन्।

नोभेम्बरमा बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकका गरी २४ हजार ५९९ जना पर्यटन नेपाल भ्रमणमा आएका छन्। अन्य एसियाली मुलुकबाट ९ हजार ४१५ पर्यटक आएको बार्डले जनाएको छ। यसमा १ हजार ३८ पर्यटकको संख्या चिनियाँ छ। यस्तै जापानका ९५५ जना, मलेसियाका १ हजार ५९३ जना, सिंगापुरका ७९१ जना, दक्षिण कोरियाका १ हजार ६७९ जना, म्यानमारका ९२७ र थाइल्यान्डका २ हजार ४४१ जना पर्यटक नेपाल आएका छन्।

मध्य एसियाली मुलुक इजरायल, टर्की, संयुक्त अरब इमिरेट्सलगायतबाट ८७६ जना पर्यटक आएको बोर्डको तथ्यांक छ।

युरोपेली मुलुकबाट १७ हजार २२९ जना पर्यटक नेपाल आएका छन्। यसमा सबैभन्दा धेरै संख्या बेलायती पर्यटकको छ। बेलायतबाट गत महिना ५ हजार १६५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ। यस्तै फ्रान्सबाट २ हजार ५६१, जर्मनीबाट २ हजार २९२ र नेदरल्यान्डसबाट १ हजार १४८ पर्यटक आएका छन्।

पर्यटन बोर्डका अनुसार नोभेम्बरमा अस्ट्रेलियाका ३ हजार ३७५ जना र न्युजिल्यान्डका ३०२ जना पर्यटक नेपाल भ्रमण आएका छन्। अन्य मुलुकका ७ हजार ८४२ जना नेपाल आएका छन्।  क्यानडाका १ हजार १८४ र अमेरिकाका ७ हजार ८३१ जना पर्यटक आएको बोर्डको तथ्यांक छ।

प्रकाशित: १५ मंसिर २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =