सुदूरपश्चिम : दुई मन्त्री पराजित

हिमाल प्रेस १५ मंसिर २०७९ १५:३१
8
SHARES
सुदूरपश्चिम : दुई मन्त्री पराजित चुनाव हारेका दुई मन्त्री।

धनगढी- प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री पराजित भएका छन्। पराजित हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश–२ बाट रावललाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पराजित गरेका हुन्। चौधरी ११ हजार ३ सय १८ मतले विजयी हुँदा रावलले ८ हजार ५३ मत ल्याएका थिए।

डडेल्धुराबाट प्रदेश १ को २ बाट बहालवाला सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पराजित भएका छन्। स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले ११ हजार १ सय ६२ मतसहित विजयी भएका छन्। मन्त्री बोहराले १० हजार ७ सय ३७ मत ल्याएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा पनि पराजित भएका छन्। डडेल्धुराको प्रदेश–१ बाट गठबन्धनका उम्मेदवार खगराज भट्टले १२ हजार ११२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बोहराले ९ हजार १ सय ९५ मत ल्याएका थिए।

कञ्चनपुर– २ को प्रदेश २ बाट सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री लालबहादुर खड्का कांग्रेसका बहादुरसिंह थापासँग पराजित भएका छन्। थापाले १० हजार ६ सय ६८ ल्याएर विजयी भएका हुन्। खड्का ४ हजार ४ सय ३ मतमा सीमित भए।

सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्री दोहोरिएका छन्। कञ्चनपुर क्षेत्र नं ३ को १ बाट आर्थिक मामिलामन्त्री प्रकाश रावल ८ हजार ७ सय १८ मत ल्याएर निर्वाचित भएका हुन्। एकीकृत समाजवादीबाट विजयी भएका रावलका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले ६ हजार ८ सय ५८ मत ल्याए।

यसैगरी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी निर्वाचित भएका छन्। सोडारी कैलाली क्षेत्र नं ४ को १ बाट प्रदेशसभामा १३ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका भीमबहादुर देउवा ९ हजार ४ सय १३ मत ल्याएर पराजित भएका छन्।

दार्चुला प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर धामी (सन्तोष) निर्वाचित भएका छन्। धामी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री धामी १३ हजार १ सय ७१ मतसहित विजयी भएका हुन्। उनले एमालेका रामदत्त जोशीलाई हराएका हुन्।

प्रकाशित: १५ मंसिर २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =