माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई

हिमाल प्रेस १५ मंसिर २०७९ १४:५२
8
SHARES
माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई

जुम्ला– नेकपा माओवादी केन्द्रको जुम्ला जिल्ला इन्चार्जको जिम्मेवारी पोलिटब्युरो सदस्य नरेश भण्डारीले पाएका छन्। प्रदेश इन्चार्ज कालीबहादुर मल्लले भण्डारीलाई उक्त जिम्मेवारी दिएका हुन्।

आफूलाई पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिए। उनले अब पार्टीलाई सहकार्य गरेर अगाडि बढाउने प्रतिवद्धता पनि जनाए।

जुम्लामा यस अघि माओवादी नेता गजेन्द्र महत पार्टी इन्चार्ज रहेका थिए ।

०७४ सालको स्थानीय तहमा ३ अध्यक्ष र ५ उपाध्यक्षसहित सबैभन्दा बढी वडाध्यक्ष जितेको जुम्लामा माओवादीले ०७९ वैशाखमा सम्पन्न स्थानीय तहमा २ स्थानीय तह र वडामा दोस्रो स्थानमा खुम्चिएको छ।

भर्खर सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीका १४ हजारसहित गठवन्धनका ३६ हजार मत हुँदा पनि उल्लेख्य सफलता हात नलाग्नुले​ माओवादीमा अर्को चुनौती थपिएको छ।

प्रदेश इन्चार्ज मल्लले आफ्नो हस्ताक्षरित पत्र पठाउँदै जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिइएको उल्लेख गरेका छन्।

प्रकाशित: १५ मंसिर २०७९ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =