भोट नदिएको भन्दै घरभित्रै पसेर कुटपिट

हिमाल प्रेस १५ मंसिर २०७९ १३:११
38
SHARES
भोट नदिएको भन्दै घरभित्रै पसेर कुटपिट

महोत्तरी- भोट नदिएको निहुँमा एमालेका कार्यकर्ताहरूबाट महोत्तरी निगौलका जनता कुटिएका छन्। कुटपिटबाट ७ जना घाइते भएका छन्। महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद लक्ष्मी महतो समूहले निगौलका बस्तीमा पुगेर निर्घाट कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन्।

निर्वाचनअघि पनि आफूलाई मतदान नगरे कुटपिट गर्ने धम्की दिएका महतोले निर्वाचित भएलगत्तै मंगलबार राति वस्तीमा केही समूह पठाएर कुटपिट गराएको स्थानीयको भनाइ छ।

कुटपिटमा परेका रामछविला साहले ज्यान मार्ने उद्देश्यले घरभित्रै पसेर गठबन्धनलाई किन भोट हालेको भन्दै कुटपिट भएको बताए।

‘उपचारका गराउन अस्पताल पुगेका थियौं, त्यहीँ आएर पुनः कुटपिट गर्न थाले, कोही छुरा हान्देउ भन्दै थिए त कोही गोली ठोक्देउ भन्दै थिए, भाग्ने पनि मौका मिलेन चारैतिरबाट घेरेर कुटे,’ उनले भने।

प्रहरीमा पीडितले दिएको निवेदनमाथि छानबिन भइरहेको गौशालाका सहायक प्रहरी निरीक्षक भुवनसिं कार्कीले जानकारी दिए।

घटनापछि स्थानीय रातभर जाग्राम बस्ने गरेको बताएका छन्। को, कतिबेला आएर के गर्ने हो भन्ने चिन्ताले पालैपालो रातभर जागा बस्ने गरेको स्थानीय नरेश मण्डलले बताए। ‘प्रहरीबाट पनि सहयोग पाएका छैनौं, लक्ष्मी महतो समूहले यस्तो गर्दा पनि प्रहरी मुकदर्शक बन्यो,’ मण्डलले भने, ‘आपराधिक गतिविधि गर्नेहरुलाई संरक्षण गर्नेहरुसँग विश्वासै लागेको छैन।’

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह पनि गौशालाको निगौलमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। स्थानीयसामु गृहमन्त्री साहले निगौलवासीको सुरक्षाका लागि प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिए।

उनले भने, ‘यदि स्थानीय प्रशासनबाट पनि त्रुटि भएको रहेछ भने अपराधीलाई सहयोग गर्ने प्रहरीलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’ -न्युजकारखाना

प्रकाशित: १५ मंसिर २०७९ १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =