अर्थतन्त्र उकास्न सरकार खुला र पारदर्शी हुनुपर्छ : गगन थापा

हिमाल प्रेस १५ मंसिर २०७९ ११:५०
14
SHARES
अर्थतन्त्र उकास्न सरकार खुला र पारदर्शी हुनुपर्छ : गगन थापा तस्बिर स्रोत : गगन थापको फेसबुक

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र उकास्न सरकार खुला र पारदर्शी हुनुपर्ने बताएका छन्। बिहीबार आर्थिक पत्रकारहरूको संस्था सेजनको २६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रसँग खुला र पारदर्शी काम नगर्दा समस्या भइरहेको बताएका हुन्।

‘आगामी सरकारले अर्थतन्त्र उकास्न खुला भएर अघि जाने सकेन भने निजी क्षेत्रसँगको विश्वास गुम्न सक्छ,’ उनले भने, ‘प्रधानमन्त्री तहदेखि नै यसबारे खुला छलफल हुनुपर्छ, यस्तो नहुँदा आज अस्थिरता बढेको छ।’

उनले सरकारको भूमिका बढाउनुपर्ने ठाउँमा सरकारको र निजी क्षेत्रको बढाउनुपर्नेमा निजी क्षेत्रको बढाउनुपर्ने उनको भनाइ छ। ‘उद्योगहरू बेच्यो भन्छौँ तर आफ्नो सरकार हुँदा किन ती उद्योग सुरु गर्न सक्दैनौँ?,’ उनले भने, ‘हामीले गल्ती गरेका छौँ, सच्याएर अघि बढौँ।’

यस्तै उनले वितरणमुखी एजेन्डाले जोखिम बढाएको बताए। ‘यही पारा हो भने ५० वर्षमै वृद्धभत्ता बाँड्ने अवस्था आउन सक्ने जोखिम बढ्यो,’ उनले भने, ‘हाम्रोमा बाँड्ने मान्छे प्रिय हुन्छ, यसैले जोखिम बढायो।’

उनले पहिले उत्पादकत्व बढाउने र रोजगारीका व्यवस्था गर्नुपर्ने भन्दै त्यसपछि बल्ल बाँड्ने कुरा गर्नुपर्ने धारणा राखे।

प्रकाशित: १५ मंसिर २०७९ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =