अहिलेको जनादेशले देश अस्थिरतातर्फ जान्छ : विष्णु पौडेल

हिमाल प्रेस १५ मंसिर २०७९ १०:२३
8
SHARES
अहिलेको जनादेशले देश अस्थिरतातर्फ जान्छ : विष्णु पौडेल फाइल तस्बिर।

काठमाडौँ- एमाले नेता विष्णु पौडेलले अहिलेको जनादेशबाट देश झन् अस्थिरतातर्फ जाने बताएका छन्। बिहीबार आर्थिक पत्रकारहरूको संस्था सेजनको २६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले राजनीतिक स्थिरताको लक्षण नदेखिएको बताएका हुन्।

‘यो जनादेशले स्थिरता दिन्न, देश झन् अस्थिरतातर्फ जान्छ,’ उनले भने, ‘आशा गरौँ तर राजनीति स्थिरताको लक्षण देखिएको छैन।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले देशको अर्थव्यवस्थाका विषयमा निजी क्षेत्र, सरकार र सबै आर्थिक क्षेत्र एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने बताए। ‘अहिले समस्या असाधारण छ, समाधानको प्रयास पनि असाधारण नै हुनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रको विश्वास टुट्दै गएको देखेको छु, निजी क्षेत्रलाई विश्वासमा लिएर जानुपर्छ। समस्याको पहिचान र समाधान समान ढंगले गर्नुपर्छ।’

मंसिर ४ मा भएको निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउन सकेको छैन। सरकार बनाउन धेरै दलहरूलाई समेट्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा सरकार बनाउन कठिन हुने आकलन गरिएको छ।

प्रकाशित: १५ मंसिर २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =