बर्दियाबाट वन्यजन्तुको मासु र अवैध हातहतियार बरामद

हिमाल प्रेस १५ मंसिर २०७९ ९:३८
4
SHARES
बर्दियाबाट वन्यजन्तुको मासु र अवैध हातहतियार बरामद प्रतीकात्मक तस्बिर।

बर्दिया- बर्दियाबाट प्रहरीले जंगली जनावरको मासु र अवैध हातहतियार प्रहरीले बरामद गरेको छ। बुधबार बिहान बाँसगढी नगरपालिका–८ बनगौडी बस्ने ५० वर्षीय गुलराम थारुको घरबाट विभिन्न अवैध हातहतियार बरामद गरेको प्रहरी चौकी लक्ष्मणाले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५१५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १७५ वटा, बारुद १५ ग्राम, केप २५ वटा, चित्तलको मासुजस्तो देखिने सुकुटी १ किलो र बँदेलको जस्तो देखिने दारा ४ वटा फेला पारी बरामद गरेको हो।

गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार गुलरामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =