आज म्याराडोना खुसी हुने थिए : मेस्सी

हिमाल प्रेस १५ मंसिर २०७९ ९:२७
22
SHARES
आज म्याराडोना खुसी हुने थिए : मेस्सी

काठमाडौँ- अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेपछि कप्तान लियोनल मेस्सीले पूर्वकप्तान म्याराडोनालाई सम्झिएका छन्। अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेको मेस्सीले आफ्नो व्यक्तिगत र देशको सफलतालामा म्यारोडोना खुसी हुने अभिव्यक्ति दिएका हुन्।

पोल्यान्डसँगको खेल मेस्सीले अर्जेन्टिनाको जर्सीमा खेलेको २२ औँ विश्‍वकप खेल थियो। यो कीर्तिमान यसअघि म्याराडोनाको नाममा थियो।

‘मलाई यो कीर्तिमानबारे थाहा थिएन। यो मेरा लागि ठूलो सफलता हो। आज म्यारोडोना भएका भए उनी खुसी हुन्थे। किनभने मप्रति उनको स्नेह थियो। मेरो हरेक सफलतामा खुसी हुने उत्साहित हुने गर्थे,’ पोल्यान्डविरुद्ध अर्जेन्टिनाले २–० को जित दर्ता गरेपछि मेस्सीले भने।

मेस्सीले पेनाल्टी खेर फाले पनि एलेक्सिस म्याक एलिस्टर र जुलियान अल्भारेजले एक–एक गोल गरेपछि अर्जेन्टिना विजयी भएको थियो। यो जितले अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। पराजित पोल्यान्डले पनि समूह चरण पार गर्‍यो। उसलले गोल भिन्नतामा मेक्सिकोलाई पछि पारेको हो।

‘पहिलो खेल हारे पनि हामी नकआउट चरणमा पुग्ने लक्ष्यमा सफल भएका छौँ। पेनाल्टीमा चुक्दा दुःखी छु। गोल भएको भए खेल अर्कै हुन सक्थ्यो। तर जे होस् हामी सबैले राम्रो प्रदर्शन सक्यौँ,’ मेस्सीले भने। उनी यसअघि ३८ पटक पेनाल्टीमा गोल गर्न असफल भएका थिए।

हालसम्म विश्वकप जित्न नसकेका मेस्सीले आफ्नो टिम बलियो ढंगले अघि बढिरहेको बताए। ‘पहिलो गोलपछि हामीले खेलमा पूरै नियन्त्रण जमायौँ। यसअघिका दुई खेलमा हामीले यस्तो प्रदर्शन गर्न सकेका थिएनौँ। तर अब हामीमा आत्मविश्वास बढेको छ,’ मेस्सीले भने।

अर्जेन्टिनाले अब अन्तिम १६ को खेलमा अस्ट्रेलियाको सामना गर्नेछ। मेस्सीले विपक्षी जो भए पनि अन्तिम १६ को खेल सजिलो नहुने स्वीकारे। ‘समूह चरणले नै देखाइसक्यो, विश्वकपका प्रत्येक खेल कठिन छन्। जसले जसलाई पनि हराउन सक्छ,’ मेस्सीले भने।

प्रकाशित: १५ मंसिर २०७९ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =