सत्तापक्षले सेटिङ मिलाएर धाँधली गर्‍यो : महासचिव पोखरेल

हिमाल प्रेस १५ मंसिर २०७९ ८:४२
8
SHARES
सत्तापक्षले सेटिङ मिलाएर धाँधली गर्‍यो : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता पक्षले ‘सेटिङ’ मिलाएर धाँधली गरेको आरोप लगाएका छन्।

सत्ता पक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले पनि वैधता दिएको आरोप उनले लगाएका छन्।

यही मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै एमालेकी उम्मेदवार पद्‍मा अर्यालसहित प्रतिनिधि सभा र प्रदेश सभाका १४ उम्मेदवारले छानबिन र पुनः मतदानको व्यवस्था गर्न माग गरेका थिए। तर, निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्न निर्देशन दिएको थियो।

सोअनुरूप अहिले त्यहाँ मत गणना भइरहेको छ।

प्रकाशित: १५ मंसिर २०७९ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =