बैतडी माया हत्या प्रकरण : अनुसन्धान गर्दै प्रहरी, शंकाको घेरामा फरार प्रहरी जवान

हिमाल प्रेस १५ मंसिर २०७९ ७:३६
480
SHARES
बैतडी माया हत्या प्रकरण : अनुसन्धान गर्दै प्रहरी, शंकाको घेरामा फरार प्रहरी जवान

धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहार हत्या घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। मंगलबार ‘घरबाट कपडा सिलाउन जान्छु’ भनी पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी माया घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो।

मायाको शव शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। उनीसँगै गएकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन्।नेहाको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। मायाको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नमिल्ने प्रहरीले जनाएको छ।

यता मायाको हत्यामा सशस्त्र प्रहरीका जवानको संलग्नता हुन सक्ने स्थानीयले आशंका गरेका छन्। केही दिन पहिला पञ्चेश्वर घर भएका सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनी शंकाको घेरामा परेका पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष जनकबहादुर चन्दले बताए।

शंकाको घेरामा रहेका सशस्त्र प्रहरीका जवान अहिले फरार रहेका छन्। माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए। माया म्यादी प्रहरी पनि थिइन्।

प्रकाशित: १५ मंसिर २०७९ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =