दोलखाका १० मतदान केन्द्रमा आज मतदान

हिमाल प्रेस १५ मंसिर २०७९ ७:१५
2
SHARE
दोलखाका १० मतदान केन्द्रमा आज मतदान

काठमाडौँ- दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ। वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र ग मा आज पुनः मतदान हुन लागेको हो।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुँदैछ।

बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान सुरु हुँदैछ।

यसैबीच मतदानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जा भएका बुथमा हुन गइरहेको निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाका लागि तैनाथ गरिसकिएको प्रहरीले जनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न प्रशासनले अपिल गरेको छ।

बुथ कब्जा भएका दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माद्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख आज पुनःमतदान हुँदैछ।

प्रकाशित: १५ मंसिर २०७९ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =