सम्पत्तिका नाममा एक कित्ता सेयर पनि छैन : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस १६ पुष २०७९ १९:५०
12
SHARES
सम्पत्तिका नाममा एक कित्ता सेयर पनि छैन : उपप्रधानमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई देशसेवा गर्न पदमा आएको बताएका छन्। मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता सेयर पनि नरहेको श्रेष्ठको भनाइ छ। ‘राष्ट्रियसभा सदस्य भएकाले राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन,’ उनले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु।’

आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्त्वपूर्ण रहेको उनले बताए। ‘तपाईंहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनुभएन। तपाईंहरूको हौसला मेरा लागि सधैं प्रेरणा बन्यो,’ उनले भने, ‘ऐन, नियमविपरीत तपाईंहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु।’

कार्यक्रममा प्रतिष्ठानका सचिव मनोबाबु श्रेष्ठले मन्त्री श्रेष्ठले जनमुखी भावनाका साथ काम गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १६ पुष २०७९ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 9 =