जनतालाई पीर मर्का पर्ने कुनै निर्णय गर्दिनँ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १६ पुष २०७९ १५:२०
8
SHARES
जनतालाई पीर मर्का पर्ने कुनै निर्णय गर्दिनँ : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर।

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसारका विकसित देशको आधार गुणस्तरीय शिक्षा रहेको बताएका छन्। शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। समाज र देश विकासका लागि शिक्षा नै प्रमुख आधार भएको उनको भनाइ छ।

विद्यालयले विकट र अफ्ट्यारो विगतलाई झेलेर राम्रो वर्तमान र सुनौलो भविष्यको बाटो तय गरेको प्रधानमन्त्री प्रचण्डले बताए।

कार्यक्रममा उनले प्रधानमन्त्रीको पहिलो कार्यकालमा पनि यस विद्यालयको विकासका लागि केही काम गरेको उल्लेख गरे। उनले काठमाडौँबाहिर सबैभन्दा पहिलो यही समारोहमा उपस्थित भएको बताउँदै सरकारका तर्फबाट यस विद्यालयको पूर्वाधार विकासमा आफूले सकेको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफ्नो यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने पनि बताएका छन्। ‘म यो कार्यकालमा धेरै भाषण गर्ने मनस्थितिमा छैन। म भाषण कम काम धेरै र जनताको सेवा धेरै गर्ने पक्षमा छु,’ उनले भने।

जनताले भोग्नुपरेको पीर मर्का हटाउन सुशासन र विकासको पक्षमा धेरै काम गर्ने उनले बताए। ‘जनताको पीर, मर्का बुझेर काम गर्छ। जनतालाई पीर मर्का हुने कुनै पनि निर्णय गर्ने छैन,’ प्रचण्डले भने।

प्रकाशित: १६ पुष २०७९ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =