मर्स्याङ्दी नदीमा सशस्त्रका जवान बेपत्ता

हिमाल प्रेस १५ पुष २०७९ १७:१७
20
SHARES
मर्स्याङ्दी नदीमा सशस्त्रका जवान बेपत्ता

काठमाडौँ- लमजुङस्थित मर्स्याङ्दी नदीमा खसेर सशस्त्र प्रहरीका एक जवान बेपत्ता भएका छन्।  बेंसीसहरबाट शुक्रबार बिहान मनाङ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्न निस्किँदा लडेका थिए।

पिसाब फेर्न जिपबाट उत्रिएका ३२ वर्षीय महत लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट लडेर मर्स्याङ्दी नदीमा खसेका हुन्। त्यसपछि उनी बेपत्ता छन्। रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, बिजुलीकोट घर भएका महतको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ।

महत सशस्त्र प्रहरीको २२ नम्बर गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्मको हेडक्वार्टर चामे मनाङ जाँदै थिए।

प्रकाशित: १५ पुष २०७९ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =