मधेश प्रदेश सांसदले लिए शपथ

हिमाल प्रेस १५ पुष २०७९ १६:१४
20
SHARES
मधेश प्रदेश सांसदले लिए शपथ शपथ ग्रहण गर्दै सांसदहरू। तस्बिर- हिमाल प्रेस

जनकपुरधाम– मधेश प्रदेशको नवनिर्वाचित प्रदेश्सभा सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाइ शपथ ग्रहण गराएका हुन्।

शपथ लिन बाँकी रहेका सांसदमध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन भने २ जना प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण रोकिएको छ।

मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेशसभा सदस्यहरूले नेपाली भाषामा शपथ लिएका छन। ४९ प्रदेशसभा सदस्यहरूले मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरूले शपथ लिएका हुन। बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन्।

मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

७ जना प्रदेशसभा सदस्यहरूले भोजपुरी भाषामा शपथ लिएका हुन। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन। थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन।

मगही र हिन्दी भाषामा २/२ जना प्रदेशसभा सदस्यहरूले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन्। उर्दू भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छन्।

विवादका बीच मधेशी भाषामा शपथ

जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले विवादबीच मधेशी भाषामा शपथ लिएका छन्। जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरूमध्ये १२ जना प्रदेशसभा सदस्यहरूले मधेशी भाषामा शपथ लिएका हुन्।

जनमत पार्टीको सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। अदालतको आदेशका कारण रोकियो २ प्रदेशसभा सदस्यको शपथ सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेशको २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको छ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरू माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले गत मंसिर २९ गते यी दुवैको हकमा फैसला सुनाएको थियो।

प्रकाशित: १५ पुष २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =