सुकुम्बासी बस्ती हटाउँदा सहयोग गरिदिन गृहमन्त्री लामिछानेलाई मेयर बालेनको पत्र

हिमाल प्रेस १४ पुष २०७९ १६:१०
342
SHARES
सुकुम्बासी बस्ती हटाउँदा सहयोग गरिदिन गृहमन्त्री लामिछानेलाई मेयर बालेनको पत्र

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउनका लागि सहयोगको माग गर्दै गृह मन्त्रालयलाई पत्र लेखेको छ। महानगरले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई पत्र लेख्दै थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउनका लागि सहयोग माग गरेको हो।

काठमाडौँ महानगरले अघिल्लो महिना थापाथलीका सुकुम्बासी हटाउन डोजर लगेर गएको थियो। तर स्थानीय विरोधमा उत्रिएपछि हटाउन सकेन। सुकुमबासीहरू अन्यत्र सुरक्षित ठाउँको व्यवस्था गरेरमात्र थापाथली क्षेत्रबाट हटाउन माग राख्दै आन्दोलनमा  छन्।

महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एव समन्वय गर्न अनुरोध गरेको छन्।

‘वागमती किनारामा अव्यवस्थित तथा अनाधिकृत रुपमार हेको संरचना हटाई सो क्षेत्रको संरक्षण एंव सौन्दर्यीकरण गर्ने काय तत्काल अघि बढाउन सफल हुनसकेको अवस्था छैन। थापाथलीको संरचना हटाइ सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एंव समन्वयकालागि अनुरोध छ।’

महानगरले गृहलाई पत्र लेखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

 

प्रकाशित: १४ पुष २०७९ १६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =