प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने राप्रपाको निर्णय

हिमाल प्रेस १३ पुष २०७९ १९:५२
226
SHARES
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। बुधबार बसेको पार्टी बैठकले यस्तो निर्णय गरेको हो।

सरकारमा सहभागी हुनका लागि राप्राले शर्तहरू राखेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले हिमालप्रेसलाई जानकारी दिए।

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा, भ्रष्टाचारलगायतका मुद्दा छानबिनमा अख्तियारलाई चलायमान बनाउने, कृषिमल कारखाना निर्माणको काम सुरु गर्नेलगायतका विषयलाई राप्रपाले शर्तमा रूपमा अघि सारेको छ। यस्तै सरकारको साझा कार्यक्रममा राप्रपाको एजेन्डाले पनि स्थान पाउनुपर्ने पनि राप्रपाको शर्त रशेको उनले बताए।

बाँकी सबै निर्णय गर्ने अधिकार भने अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको छ। राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी हुने निर्णय गर्न सकेको थिए। उक्त पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पनि शर्तसहित सरकारमा सहभागी हुन सकिने तर्क राखेका थिए।

प्रकाशित: १३ पुष २०७९ १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =