दुईतर्फी खुल्यो रसुवागढी नाका

हिमाल प्रेस १३ पुष २०७९ १७:२२
8
SHARES
दुईतर्फी खुल्यो रसुवागढी नाका फाइल तस्बिर।

काठमाडौँ– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ-रसुवागढी दुईतर्फी खुलेको छ। नाका खुलेसँगै नेपाली सामान भरिएका ६ कार्गो ट्रक चीनतर्फ गएका छन्।

कोभिड-१९ महामारीअघि सन् २०१५ देखि ०२० सम्म उक्त नाकाबाट १४ अर्ब ७१ करोड युआन बराबरको सामग्री आयात÷निर्यात भएको थियो।

कोभिड-१९ संक्रमण सुरु भएसँगै करिब तीन वर्षअघि उक्त नाका बन्द भएको थियो। यसपछिको अवधिमा रसुवागढी नाकाबाट चीनले सीमित मात्रामा निर्यात मात्रै गरेको थियो।

नेपालबाट चीनतर्फ मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, कुचोलगायतका वस्तु निर्यात हुँदै आएको छ।

प्रकाशित: १३ पुष २०७९ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =