गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

हिमाल प्रेस १२ पुष २०७९ २०:३४
4
SHARES
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

पोखरा-  गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका हुन्।
प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते सपथ गराउने तयारी छ। अघिल्लो दिन पुस १३ मा प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ खाने छन्।

उनलाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शपथ गराउने कार्यक्रम छ। नेपालको संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५(१) बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने प्रावधान छ। बस्यालको शपथपछि उनले प्रदेशसभा भवन नदीपुरमा अन्य ५९ नवनिर्वाचित सांसदलाई शपथ खुवाउने तयारी छ।

यसैबीच, नवनिर्वाचित सांसदले मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। संसद सचिवालयले उनीहरुलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको सांसद सचिव हरिराज पोखरेलले बताए। ६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो। जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ।

मनाङबाट स्वतन्त्ररुपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले वा माओवादीमध्ये एक नेतृत्वको सरकार बन्ने छ।

प्रकाशित: १२ पुष २०७९ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =