कर्णालीका नवनिर्वाचित सांसदहरूले लिए शपथ

हिमाल प्रेस ११ पुष २०७९ १७:४२
8
SHARES
कर्णालीका नवनिर्वाचित सांसदहरूले लिए शपथ

सुर्खेत कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्। ज्येष्ठ सदस्य शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएपछि शाहले सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्।

शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन्। उनी सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवहाक सभामुख भएर कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने छन्।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १र१ जना स्वतन्त्र गरी ४० जना सांसद रहेका छन्। जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।

प्रकाशित: ११ पुष २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =