नयाँ अर्थमन्त्रीको हल्लाले ५७ अंकले बढ्यो नेप्से

हिमाल प्रेस ११ पुष २०७९ १५:३७
8
SHARES
नयाँ अर्थमन्त्रीको हल्लाले ५७ अंकले बढ्यो नेप्से

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) ५६.८६ अंकले बढेको छ। १८६८ बिन्दुबाट सुरु भएको बजार लगातार उकालो लागेर १९२४ बिन्दुमा पुगेर रोकिएको हो।

नयाँ सरकार गठन हुने दिन सेयर बजारमा उछाल आए पनि कारोबार रकम भने उल्लेख्य बढ्न सकेको छैन। नयाँ अर्थमन्त्रीको रूपमा विष्णु पौडेल भित्रिने हल्लाले पनि सेयर बजार बढेको देखिन्छ। पौडेल सेयर बजारप्रति उदार नेताका रूपमा चिनिन्छन्।

आज २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबार १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका हिसाबले नेपाल टेलिकम पहिलो नम्बरमा रह्यो। यसको २० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

हिमालयन डिस्टिलरी लिमिटेडको ११ करोड र नबिल बैंकको ९ करोड रुपैयाँ बराबर मूल्यको सेयर कारोबार भएको छ।

आज अन्य उपसमूहको सूचक २.२९ प्रतिशतले घटेको छ। बाँकी सबै उपसमूहको सूचक भारी अंकले बढेको छ। सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक ६.५२ प्रतिशतले उकालो लागेको छ।

प्रकाशित: ११ पुष २०७९ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =