प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई

हिमाल प्रेस ११ पुष २०७९ १३:४७
6
SHARES
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै ‘क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ। हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु’, भनेका छन्।

प्रकाशित: ११ पुष २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =