हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु

हिमाल प्रेस १० पुष २०७९ २१:५२
4
SHARES
हिमआँधीमा परी अमेरिकामा २३ जनाको मृत्यु फाइल तस्बिर।

क्यालिफर्निया– संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर २३ जनाको मृत्यु भएको छ। प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो।

क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका छन्। अमेरिकाभित्र र बाहिर जाने ३ हजार ३ सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब ७ हजार ५ सय उडानमा ढिलाइ भएको थियो।

प्रकाशित: १० पुष २०७९ २१:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =