लिटरेचर फेस्टिभल : अर्थनीतिदेखि राजनीतिसम्मको गरमागरम बहस

हिमाल प्रेस १० पुष २०७९ १९:२५
6
SHARES
लिटरेचर फेस्टिभल : अर्थनीतिदेखि राजनीतिसम्मको गरमागरम बहस

पोखरा– १० औं नेपाल लिटरेचर फेस्टिभलमा सुदूरका सिंहदरबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा चर्चा भएको छ। बाराहीघाटमा जारी फेस्टिभलको पाँचौं दिन विशेषगरी साहित्यिक कम तर गैरसाहित्यिक बहस बढी भए।

‘सुदूरका सिंहदरबार’ विषयक सेनमा दार्चुलाको ब्यास गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडू, मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ सहभागी थिए। प्रस्तुतकर्ता थिए पत्रकार प्रकाश ढकाल। उनीहरूले भौगोलिक विकटता र सीमित आर्थिक व्यवस्थाले गर्दा पनि नेपालतर्फ बाटोको दीर्घकालीन व्यवस्थापन गर्न नसकिएको गुनासो गरे।

‘खेलकुद : हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरूले आफ्ना अनुभव साटे। भूपू फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर शक्ति गौचनले आज र म्याराथन खेलाडी सन्तोषी श्रेष्ठले भोलिको प्रतिनिधित्व गर्दै अनुभव साटेका हुन्। छलफलमा तीनै जना खेलाडीले खेल क्षेत्रमा करिअर बनाउँदा झेल्नु परेको चुनौती साटे।

‘चुली चर्चा’ विषयक छलफलका वक्ताले नेपालका अग्ला हिमश्रृंखलाको महत्त्वबारे प्रकाश पारे। पासाङ ल्हामु शेर्पा अकिताले कुनै समय शेर्पा समुदायले पैसा कमाउने थलोको रूपमा मात्रै हिमाललाई लिइने गरेकोमा पछिल्लो समय अन्य समुदायले पनि हिमाल चढ्न सफल भएको बताइन्।

अग्ला हिमाल चढ्नको लागि नेपालीहरू प्राविधिक, शारीरिक, आर्थिक रूपमा दक्ष भइसकेको बताइन्। सगरमाथाको मापन गरेका खिमलाल गौतमले हिमालले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुर्‍याएको बताए। उनले सगरमाथाको उचाइ मापन गर्दाको अनुभव पनि सुनाए। गौमतले नेपालमा १३ सय ४८ वटा अग्ला हिमालहरू रहेको पनि उनले चर्चा गरे।

कनकमणि दीक्षितले नेपालको हिमाललाई विदेशीहरूले चर्चा गरेपछि नेपालमा चर्चा गरिने बताए। त्यसैले पनि नेपालको कतिपय हिमालको नाम पनि गलत उच्चारण भइरहेको उनले बताए।

मुन्थुमका मेन्छामा सेसनमा सहभागी थिए, झुमा लिम्बु र शान्तिदेवी राई। प्रस्तुतकर्ता रजग राई किरातीको प्रश्नमा झुमा भन्छिन्, ‘हामीलाई लिम्बु भएर खान, लाउन, तान बुन्न र शक्तिशाली बन्न सिकाउने युमा हुन्। लिम्बुवानको हरेक ठाउँ पुग्दा कतै कतै तेर्सो र ठाडो ढुंगा कतै देख्नुभयो भने बुझ्नुस् कि युमाले तान बुनेकी हुन्,’ मुन्धुम अध्येता शान्तिदेवी राई मरिम्मा पात्र सम्झिन्छिन्। उनका अनुसार जसले सम्पूर्ण कुराको सिर्जना गरिन्।

अर्को सेसनमा देखिए खगेन्द्र संग्रौला। उनले तेह्रथुमको चुहानडाँडामा आइए पढेको कुरादेखि पारिजातको मदन पुरस्कारबारे स्मरण गरे। सो सेसनमा सहभागी गोविन्द गिरि प्रेरणा पनि विविध विषयमा चर्चा गरे। प्रस्तुतकर्ता थिए, स्नेह सायमी।

कांग्रेस महामन्त्री गगन थापासँग लेखक बुद्धिसागर देखिए। गगनले समसामयिक राजनीतिक गतिविधिलगायत देशको भावी कार्यदिशाबारे बोले।

फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ। ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन्।

उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवम् हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए। वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए।

पुस्तक र पुस्तकालय सेसनमा वर्तमान अवस्था तथा आश्यकता विषयमा छलफल भयो। किन पुस्तक र पुस्तकालय शिर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बालसाहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले उक्त विषयमा कुरा गरेका हुन्।

फिल्म समीक्षाको समीक्षा सेसनमा अभिनेत्री स्वस्तीमा खड्का, अनुप सुवेदी, दीपेन्द्र लामासँग थिए, सुरज सुवेदी। वुक वर्म फाउण्डेसनको आयोजनामा गएको ६ पुसदेखि सुरु भएको फेस्टिभल सोमबार (भोलि) समापन हुनेछ। सकिँदैछ।

प्रकाशित: १० पुष २०७९ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =