संकटमा गठबन्धन

अब हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल

हिमाल प्रेस १० पुष २०७९ १३:५२
154
SHARES
संकटमा गठबन्धन

काठमाडौँ- गठबन्धन गरेर सरकार बनाएर चुनावमा गएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कुरा नमिलेपछि गठबन्धनको भविष्य संकटमा परेको छ। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिने अन्तिम दिन आज आइतबार बालुवाटारमा दुई नेताबीच सहमति हुन नसकेको हो।

देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले नै राख्ने अडान दोहोर्‍याएपछि प्रचण्ड बैठक बीचमै छोडेर निस्किएका छन्। प्रचण्डले देउवालाई वचन तोडेको आरोप पनि लगाएका छन्। ‘तपाईंले विगतका सम्झौता र वचन तोड्नु भयो,’ दाहालले देउवालाई बैठकमा भने।

प्रचण्ड पहिलो चरणमा आफैँ प्रधानमन्त्री हुनुपर्ने अडानमा छन्। देउवा भने तत्काल माओवादीलाई सभामुख र उपराष्ट्रपति दिने र राष्ट्रपति-प्रधानमन्त्री कांग्रेसले लिने पक्षमा छन्। जनमत कांग्रेसको पक्षमा आएकाले पनि प्रधानमन्त्री कांग्रेसले नै पाउनुपर्ने देउवाको अडान छ।

बालुवाटारको छलफल छोडेर प्रचण्ड आफ्नै निवास खुमलटार पुगेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन तोडेर गएको बताएका छन्। उनले सरकार कांग्रेसको हातबाट फुस्किएको पनि उनको टिप्पणी छ।

‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो। गठबन्धन कायम राख्नुपर्थ्यो,’ उनले भने, ‘अब हाम्रो हातमा केही बाँकि रहेन। सरकार हाम्रो हातबाट बाहिर गयो।’ पौडेलले गठबन्धनको छलफलमा नबस्ने भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरएको पनि दाबी गरे। ‘अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो’ पौडेलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =