मधेश : अझै टुंगिएन प्रदेश सांसदहरूको शपथ मिति

हिमाल प्रेस १० पुष २०७९ १०:२१
12
SHARES
मधेश : अझै टुंगिएन प्रदेश सांसदहरूको शपथ मिति

जनकपुरधाम- मधेश प्रदेशमा प्रदेशसभा सदस्यहरू निर्वाचित भएको एक महिना पुग्यो। तर, अहिलेसम्म पनि शपथको भने टुंगो छैन।

पद तथा गोपनीयताको शपथको टुंगो लगाउन भोलि (सोमबार) सर्वदलीय बैठक बस्ने भएको छ। बैठकमा सरकार गठन, नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण, संसदीय दलको कोठा व्यवस्थापनलगायतको विषयमा छलफल हुने प्रदेशसभाका सचिव रञ्जित यादवले बताए।

प्रदेशसभामा दलको प्रतिनिधित्व गर्ने दलहरूको संख्यामा वृद्धि भएपछि संसदीय दलको नेताका लागि भौतिक संरचना अभाव देखिएको छ। सो बैठकमा कोठा व्यवस्थापन र शपथ ग्रहणको विषयमा दलहरूले निष्कर्ष निकाल्ने छन्।
मधेश प्रदेशको प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्य नेकपा (एकीकृत समाजवादी)का ७१ वर्षीय गोविन्दबहादुर न्यौपाने बिरामी भएकाले शपथ ग्रहणमा ढिलाइ भएको हो।

उनको स्थानमा दोस्रो ज्येष्ठ सदस्य शारदाशंकरप्रसाद साहलाई पनि प्रदेशसभाले तयारी अवस्थामा रहन भनेको छ।

यी दुईमध्ये एक जनाले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ लिनेछन्। त्यसपछि उनले नै बाँकी प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने छन्।

यस पटक १० वटा दलले प्रदेशसभामा प्रतिनिधित्व पाएका छन्।

प्रकाशित: १० पुष २०७९ १०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =