इजिप्टमा रंगशाला भत्किँदा २७ घाइते

हिमाल प्रेस १० पुष २०७९ ९:२३
4
SHARES
इजिप्टमा रंगशाला भत्किँदा २७ घाइते

काठमाडौँ- इजिप्टको कायरोमा आइतबार एक रंगशाला भत्किँदा २७ जना घाइते भएका छन्। बास्केटबल खेल भइरहँदा रंगशालाको एक भाग भत्किएको थियो। घाइते भएका कसैको अवस्था गम्भीर नरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजिप्टको बास्केटबल संघका अनुसार अलेक्जेन्ड्रियाको एल इत्तिहाद र कायरको अल अहलीबीचको खेल चलिरहँदा सो घटना भएको हो। हसन मोस्ताफा स्पोर्ट्स हलमा खेल चलिरहँदा पारापेटको एकातिर बसिरहेका दर्शक खसेका थिए।

त्यहाँको खेलकुद मन्त्रालयले इत्तिहादका समर्थकले भागदौड गर्दा त्यस्तो घटना घटेको दाबी गरेको छ। घाइते भएकाहरूको हातखुट्टा भाँच्चिएको बताइएको छ। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा स्टिलले निर्माण गरिएको पारापेट खसेको देखिन्छ। यो रंगशाला अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघका अध्यक्ष मोस्ताफाको नाम राखेर सन् २०२१ मा सञ्चालनमा ल्याइएको थियो।

इजिप्टमा यसप्रकारका घटना बारम्बार घट्ने गरेका छन्। सन् २०१२ मा पोर्ट साइड सहरमा फुटबल समर्थकबीच झडप हुँदा ७० जनाको मृत्यु भएको थियो। सन् २०१५ मा कायरो सहरभन्दा केही पर रहेको एक रंगशाला बाहिर प्रहरीले टियर ग्यास फ्याँकेपछि भएको भागदौडमा परी २२ जनाले ज्यान गुमाएका थिए।

एपी र रोयटर्सको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =