खाना पकाउनभन्दा भाँडा माझ्न सजिलो लाग्ने केपी ओलीका जीवन अनुभव

विजय नेपाल ८ पुष २०७९ २१:५७
32
SHARES
खाना पकाउनभन्दा भाँडा माझ्न सजिलो लाग्ने केपी ओलीका जीवन अनुभव फेस्टिवलमा बोल्दै ओली।

पोखरा– नेपाल लिट्रेचर फेस्टिभलको १० औं संस्करण पोखरास्थित फेवाताल किनारमा जारी छ। जसमा शुक्रबार नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पानि वक्ताका रूपमा सहभागी थिए। उनले साहित्यप्रति आफ्नो रुचि भएको मात्रै बताएनन् जीवनमा साहित्यसँग जोडिएका धेरै प्रसंग राजनीतिक जीवनको यात्रा, घुम्ती र मोडहरू पनि सुनाए। जसले दर्शकदिर्घामा रोमाञ्चकता थप्यो। कतै भावुक पनि बनायो।

‘दुई वटा मिर्गौला प्रत्यारोपण गर्दा, ५/७ वटा अप्रेसन गर्दा पनि अशक्त भइनँ। तर हरेक कुरामा म एकदमै सशक्त छु भनेर पनि भन्दिनँ। सशक्तता खाली मनको कुरा हो। भावनाको कुरा हो। मैले आफ्नो भावना अभिव्यक्त गरेँ। त्यो भावना गलत छैन, सही छ,’ उनले भने।

फेस्टिभलमा पत्रकार अखण्ड भण्डारीसँग उनी यसरी गफिए:

भाग्यमानीको २ वटा अर्थ हुन्छ। एउटा भगवान्‌ले गरिदिएको, भगवान्‌ले बनाइदिएको, भगवान्‌ले कमाइदिएको भन्ने। अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको। साह्रै राम्रो संयोग। कुनै सकारात्मक उपलब्धि स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौँ हामी। यसै त भगवान्‌ले गराई दिने कुराका राम्रा नराम्रा पक्षहरू छन्।

मेरो देशमा अब किड्नी ट्रान्सप्लान्ट, अर्गान ट्रान्सप्लान्टजस्ता सर्जरी पनि यी भएका छन्। सर्जरी गर्ने विज्ञ नेपालमा जन्मिएका छन्। त्यतिखेर म प्रधानमन्त्री थिएँ। प्रधानमन्त्रीजस्तो मान्छेले पनि सुविधा खोज्दै अन्त जानु परेन। मैले भरोसा गरेँ, आफ्नो देशलाई, आफ्नो अस्पताललाई। मैले आफ्ना डाक्टर र नर्सहरूलाई भरोसा गरेँ। म सफल भएको छु। त्यसैले यो देशले विकास गर्न सक्छ।

म छानेर नेपालमा जन्मिएको होइन। तर यो देशमा जन्मिनु, यो शिव भूमिमा जन्मिनु, यो बुद्धभूमिमा जन्मिनु, यो व्यासभूमि, यो विद्वान्‌हरूको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो मलाई। त्यसरी मैले आफूलाई भाग्यमानी मानेँ र गीत लेखेँ।

मिर्गौला प्रत्यारोपण गर्ने बेला प्रधानमन्त्री थिएँ र सरकारले मेरो उपचार खर्च व्यहोर्‍यो। तर बाहिर जाँदा ३० देखि ५० लाखसम्म खर्च हुन्थ्यो। त्योभन्दा बढी पनि हुन्थ्यो। तर नेपालमा आफैँले मेहनत गरेर त्यो सुविधा र उत्कृष्टता हामीले प्राप्त गरेका छौँ। नेपालमै डाक्टरहरू त्यो क्षमता राख्नुहुन्छ।

मिर्गौला प्रत्यारोपण गर्ने बेला प्रधानमन्त्री थिएँ र सरकारले मेरो उपचार खर्च व्यहोर्‍यो। तर बाहिर जाँदा ३० देखि ५० लाखसम्म खर्च हुन्थ्यो। त्योभन्दा बढी पनि हुन्थ्यो। तर नेपालमा आफैँले मेहनत गरेर त्यो सुविधा र उत्कृष्टता हामीले प्राप्त गरेका छौँ। नेपालमै डाक्टरहरू त्यो क्षमता राख्नुहुन्छ।

त्यस स्तरको ज्ञान, अभ्यास, उपकरण सबै हामीसँग उपलब्ध छ। हामीले विकास गरेका छौँ भने पद ओहोदाको कारणले महँगो पैसा तिर्न बाहिर जानु पर्दैन। ती चिज हामी यहाँ गर्न सक्छौँ भने फेसनका रूपमा टाउको दुख्यो कि विदेश कुद्न पर्दैन।

काठमाडौँका मेयर बालेन्द्र शाह तबला बजाउने गर्नुहुन्छ। उहाँको माटोको तबला थियो ठाउँ सार्दा फुट्यो। मसँग मेटले तबला थियो। राम्रो थियो, ठाउँ सार्दा पनि नफुट्ने खालको थियो। बलियो तबला, राम्रो क्वालिटीको तबला यताउता सार्दा पनि फुट्दैन भनेर उहाँलाई दिएकाे हुँ। मलाई उपाहार दिन मन लाग्यो, मैले दिएँ।

सिंगो जीवनको कुरा गर्दा, म बच्चा थिएँ, किशोर युवा, अधबैँसे भएँ, अहिले पनि अधबैँसे अधबैँसे नै छु। बाँचिरहे बूढो हुनु पनि अनिवार्य नै छ। म बिरामी भएपछि साथीहरूले चिन्ता गर्नुभयो। मैले एकपल्ट साथीहरूलाई यो कुरा भनेको थिएँ। मेरो हजुरआमा १०१ वर्षमा बित्नुभयो।

मेरो हजुरबुबा पनि सय वर्ष पुगनपुग हुँदा बित्नुभयो। हेर्दाहेर्दै मेरो बुबा बूढोबूढो देखिन थाल्नुभयो। अहिले पनि म त्यही भन्छु। मेरो बुबा हुनुहुन्छ र  दिनमा २/४ किलोमिटर अहिले पनि हिँड्नुहुन्छ। मेरो स्वास्थ्यभन्दा उहाँको अलि राम्रो छ। न सुगर न केही। खाना बार्नु पर्दैन उहाँलाई। अझै हिँड्नुहुन्छ। उहाँको स्वास्थ्य  राम्रो छ।

जीवन भनेको एउटामात्रै उमेर होइन। बालक हुँदाको, म किशोर हुँदाको पनि हो। उमेर भनेको विभिन्न समयको हो नि त। जीवनको रङजस्तै जीवनका रस पनि विभिन्न प्रकारका हुन्छन्। क्यानभासका रङजस्तै वा साहित्यका रसजस्तै अथवा संगीतका स्वर, सुर र तालजस्तै विविधता हुन्छ जिन्दगीमा।

मैले कैयाैँ वर्षसम्म खाना बनाएको छु। मलाई छिम्कन, निफन्न, सार्न सबै आउँछ। राजनीति गर्ने मान्छेले के खानु पर्दैन ? भ्याएसम्म, सकेसम्म रमाउनु पर्दैन ? संसारमा केही दु:खी मान्छे हुन्छन् जो कहिल्यै मुस्कुराउँदैनन्। कहिल्यै प्रसन्न चित्त हुँदैन मानौँ यो संसारको सबै पिरचिन्ता उसलाई मात्रै भएको होस्।

आफ्नो भागको पिर, आफ्नो भागको चिन्ता, आफ्नो भागको कर्तव्य हुन्छ। हामीले काम कर्तव्य आफ्नो भागको गर्ने हो। मैले जे काम गर्नुपर्छ कामचोर नभई नठगीकन गर्नुपर्छ र प्रसन्न चित्त रहनुपर्छ। बाजा बजाउने, गाउने, नाच्ने ठाउँ, देउसी खेल्ने ठाउँ भेटियो भने धुमधुम्ती बस्ने होइन। त्यहाँ नाच्ने हो।

म दुर्गम गाउँमा जन्मिएको हुँ। मेरो गाउँमा भर्खर बाटो पुग्यो। बिजुली र बाटो पुगेको २/४ वर्ष भयो। अझै राम्ररी पक्की भइसकेको छैन बाटो। राणा शासनपछि तुरुन्तै विद्यालय पुग्यो। शिक्षामा खासै पछाडि होइन तर विकासका अरु मापदण्डमा धेरै पछाडि हो। मेरो ठाउँ यस्तो हो जहाँ ठूलो सपना देखिँदैन थियो। हाम्रोतिर एक मानाको बन्दोबस्त भन्ने चलन थियो।

मलाई बाती कात्नेदेखि लिएर, टपरीदुना बनाउने, गुन्द्रीको भत्यौरी, तान बुन्ने, गजुरा, सुकुल बुन्ने तथा पराल र खोसेलाका पिरा बनाउन आउँछ।

कोही छोरी माग्न आयो एक मानाको बन्दोबस्त छ कि छैन भन्ने हुन्थ्यो। यो नै ठूलो सपना थियो। सफा खाना खानुपर्छ भने थाल त माझ्नुपर्छ। नमाझीकन कसरी सफा हुन्छ? माझ्ने काम सानो, सफामा खाने काम ठूलो कसरी ? मैले मेलो पाएको थिइनँ।

सानै उमेर आमा बित्नुभएकोले पनि थुप्रै काम सिकियो। मलाई बाती कात्नेदेखि लिएर, टपरीदुना बनाउने, गुन्द्रीको भत्यौरी, तान बुन्ने, गजुरा, सुकुल बुन्ने तथा पराल र खोसेलाका पिरा बनाउन आउँछ।

जुन काम देख्यो म त्यो सिक्ने मान्छे हुँ। यहाँ पोखरा जेलमा बस्दा कपडा बुन्ने काम पनि गरेँ। मन परेका दिदीबहिनीलाई सारी बनाएर पठाई पनि दिन्थेँ कहिलेकहिले। आफैँले लगाउने लुगा पनि बुन्थेँ। कमिज सुरुवाल काट्न सिलाउन आउँछ। जेलमा हुँदा आफैँ काट्थें, आफैँ सिउँथे। मैले लगाउने कमिज सुरुवाल आफैँले काटेका हुन्थे। सिलाउन पायो भने।

म जे काम पनि सिक्न रुचि राख्थेँ र कुनै काम सानो ठूलो भन्ने लाग्दैनथ्यो कहिले पनि। पछिसम्म पनि म खाना बनाउने काम गरिराख्छु। अहिले पनि, खाना बनाउन बढ्तै समय लाग्छ। त्यसैले म भाँडा माझ्छु।

साथीहरूसँग जेलमा बस्दा पनि भाँडा माझ्ने काम गर्थेँ। विद्यार्थी हुँदा, युवा हुँदा, नेता हुँदा कहिले गोठालागोठाली भेटिए भने उनीहरूसँग पनि म रमाएर बस्थेँ। खोला देख्नै हुँदैनथ्यो। पौडी खेल्न मिल्नेखालको खोलामा पौडी खेल्थेँ।

मेरो एकदमै रोजाइको काम पौडी हुने गर्थ्यो।  खेलकुदमा रुचि राख्थेँ। त्यसैले तपाईंले घर गृहस्थीमा आफूलाई चाहिने काम आफैँ गर्न सक्छु। म पाइलट हुन पाइनँ त्यसैले मलाई उडाउन आउँदैन।

मैले गाडी चलाउन २०२६ सालमा सिकें। सिक्ने कुरामा पछि परिनँ। म १७/१८ वर्षको हुँदा गाउँमा त्यसबेला जेएमसी भन्ने दोस्रो विश्वयुद्धको थोत्रो ट्रक पाइन्थ्यो। ह्यान्डलबाट घ्वाइँघ्वाइँ घुमाएर स्टार्ट गर्नुपर्ने। त्यसैबाट मैले ड्राइभिङ सिकेको हुँ। मलाई जे देख्यो त्यही सिक्नुपर्ने। त्यसैले जुनसुकै काम पनि मेरो रुचिभित्र पर्छ। हाम्रो जीवनमा आवश्यक पर्ने काम सबै काम गर्छु।

घरनजिकै दमिनी आमाको घर थियो। हाम्रो घरअगाडि बस्नुहुन्थ्यो। कैँची चलाउँदा उहाँले बिग्रन्छ भन्नुहुन्थ्यो। उहाँको काम गरेको हेर्थेँ। फलामको कतर्नो बल्टुले बाँधेको छ तर बिग्रन्छ भन्नुहुन्थ्यो। बिग्रने ठावैँ छैन, छोयो भने बिग्रन्छ भन्नुहुन्थ्यो। कहिलेकहिले सोध्थेँ, के भएर बिग्रिन्छ आमा यो ? तर मेरो स्वभाव कस्तो भने चलाउँचलाउँ हुन्थ्यो। तर उहाँले तिम्रो चाल ठिक छैन त्यता हेर्दैछौ भन्ने।

साहित्यको कुरा गर्नुपर्दा म त्यबेला पोखरा जेलमा थिएँ। पोखरामा खर्पन बोक्ने चलन थियो जस्तो लागेको थिएन। पोखरा जेलको गेटमा १ जना खर्पनमा साग बोकेर आए। मैले उनलाई देखेपछि उनी भएर यो कविता लेखेँ।

भूमिगतकालदेखि जहाँजहाँ पुग्यो कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्यो। बोकेर हिँड्न सम्भव हुँदैनथ्यो। जहाँ पुग्थेँ त्यहाँ लेख्थेँ त्यहीँ छोड्थेँ।

म त जेलभित्र बन्दी थिएँ। मै भएर त म यो कविता लेख्न सक्तैनथेँ। मैले आफूलाई खर्पन बोक्नेमा परिणत गर्नुपर्थ्यो। मैले त्यो व्यक्तिका रूपमा आफूलाई रूपान्तरित गरेर कविता लेखेको थिएँ। पहिला खर्पन बोकेको मान्छेको चित्र बनाएँ। त्यसपछि कविता लेखेँ।

मेरो बानी के छ भने उहिले भूमिगतकालदेखि जहाँजहाँ पुग्यो कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्यो। बोकेर हिँड्न सम्भव हुँदैनथ्यो। जहाँ पुग्थेँ त्यहाँ लेख्थेँ त्यहीँ छोड्थेँ। अहिले माननीय हुनुभएको छ, केआर खम्बुजी। जो ०२६, ०२७ सालको आन्दोलनकारी हुनुहुन्थ्यो।

पछि त्रिभुवन विश्वविद्यालयमा ३५/३८ सालसम्मै त्यहाँको सबैभन्दा परिचित विद्यार्थी उहाँ नै होला। त्यस्तो चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो। पछि उहाँले जर्मनीबाट पीएचडी गर्नुभयो। उहाँसँग मेरो लामै संगत भएको थियो। उहाँ विराटनगर आउँदा माधव नेपाल पनि त्यही कलेजमा पढ्नु हुँदो रहेछ।

केआर खम्बुले नै मलाई माधव नेपालसँग परिचय गराउनुभएको थियो। उहाँसँग पनि मेरा कतिपय कविता छुटेका रहेछन्। उहाँको संस्मरण पछिल्लो समय निस्कियो, छायाका लस्करहरू। पीएचडीपछि उहाँ क्याम्पसमा पढाउँदै गर्दा नेत्रज्योति गयो। त्यस स्थितिमा उहाँले छायाका लस्करहरू लेख्नुभएको हो।

त्यो पुस्तकमा मेरो अर्को एक जना साथी, जसकोमा मैले दुईचार पटक आश्रय लिएको थिएँ। उहाँकोमा मैले कविताहरू छोडेको रहेछु। र, त्यतिबेला मैले मेरो नाम कालीचरण भनेर लेखेको रहेछु, भूमिगतकालमा। त्यो कविताहरू छापिएको छ। ती कविता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद।

म त लेख्यो, छोड्यो, हिँड्यो। त्यसमा कसैले मसला बेचोस् कि जेसुकै गरोस्। कुनै अर्थ राख्दैनथ्यो। म सुरक्षित गर्न सक्दिनथेँ। जेलमा अनेक कृति लेखेँ। सयौँ कविता लेखें तर जेलमा खोसिन्थ्यो, लुटिन्थ्यो। लेखेर के गर्ने खोसेर लैजान्थ्यो भनेर निरास हुन्थेँ। अलिअलि हतोत्साहित पनि भएको हो। लेखेर के गर्ने ? दुख गर्‍यो लुटेर लग्यो। त्यसपछि कुनै ग्रहण ग्रन्थ लेख्नेतिर लागिएन।

छोटा निबन्ध र फुटकर मात्रै लेखेँ। यसै प्रसंगमा पोखरा जेलमा हुँदाखेरी कतिपय यस्ता कविता लेखेको हुँला। भूपनिधि पन्तजी जो २०४२ सालको आन्दोलनमा उहाँलाई पनि पक्रेर ल्याएको थियो। अलिक समय जेलमेट हुनुभएको थियो।

मैले लेखेँ, छोडेँ वा उहाँले यत्तिकै राख्छु भनेर माग्नुभयो मलाई याद छैन। तनहुँका भन्ज्याङ पत्रिकाका सम्पादकसँग चिनजान भएको थियो। सम्पादक विश्वबन्धु भण्डारी, त्यस पत्रिकाका सुरुवातकर्ता। पत्रिका निकाल्दा उहाँ पनि जेल परेकाले त्यहीँ चिनजान भयो।

उहाँको भूपनिधिजीसँग कुरा भएछ। अनि मसँग पनि केपी ओलीको कविता छ भनेर कुरा भएछ। यो कविता भन्ज्याङ, पहिले अखबारजस्तो, बिस्तारै साहित्यिक पत्रिकामा उहाँले प्रकाशित गर्नुपर्छ।

त्यसपछि यो खर्पन कविता चर्चामा आयो। ०४१ सालमा लेखिएको यो कविता ३५ वर्षपछि भूपनिधिजिले उजागर गरिदिनुभयो। मैले पेन्सिलले स्केच बनाएर पेन्सिलले नै लेखेको कविता हो। भूपि शेरचनको कविताजस्तो लेख्छन्, हेर्छन् फेरि केर्छन् भन्ने कविताजस्तो मेरो बानी छैन।

मेरो महाकाव्यबारेमा त्यो अलिकति सिद्धिन बाँकी थियो। करिब ६ महिना मेरो रचना लुटपाट भएको थिएन। त्यो ६ महिनाको बीचमा खण्डकाव्य, महाकाव्य, फुटकर रचनाहरू लेखिरहन्थेँ। एउटाचाहिँ १६ खण्डसम्म लेखिसकेको थिएँ, त्यो लुटियो। त्यो लुटिएपछि त्यतापट्टि नलागौँ भन्ने भयो। त्यो एकदम प्रचलित नाम राखिएको थियो। आमा बित्नुभयो। ३ वर्षदेखि अहिलेसम्म म आमाको चेहरा सम्झिरहन्छु।

प्रकाशित: ८ पुष २०७९ २१:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =