कांग्रेस र एमालेले सरकार बनाउनुपर्छ : लिङ्देन

हिमाल प्रेस ७ पुष २०७९ १५:४९
4
SHARES
कांग्रेस र एमालेले सरकार बनाउनुपर्छ : लिङ्देन

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थिरताका लागि कांग्रेस र एमालेले सरकार बनाउनुपर्ने बताएका छन्।

उनले संसद् भवनमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्। लिङ्देनले भने, ‘ठूला राजनीतिक दलहरू कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने हाम्रो चाहना छ।’

उनले गठबन्धनले सरकार बनाए आफूहरू प्रतिपक्षीमा बस्न तयार रहेको बताए। सरकार बन्न नसक्ने अवस्था आएमा र राप्रपाको आवश्यकता परेमा छलफल गर्न तयार रहेको पनि उनको भनाइ छ।

अध्यक्ष लिङ्देनले निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम नआए पनि जिम्मेवारीपूर्वक काम गर्न सांसदहरूलाई निर्देशन दिइएको जानकारी दिए।

प्रकाशित: ७ पुष २०७९ १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =