भेनस विलियम्सले अस्ट्रेलियन ओपन खेल्ने

हिमाल प्रेस ६ पुष २०७९ १५:४६
12
SHARES
भेनस विलियम्सले अस्ट्रेलियन ओपन खेल्ने

काठमाडौँ- अमेरिकी टेनिस स्टार भेनस विलियम्सले अस्ट्रेलियन ओपन खेल्ने भएकी छन्। अस्टे«लियन ओपनको ‘वाइल्ड कार्ड’ प्रस्ताव स्वीकार गरेपछि उनले आगामी जनवरीमा हुने ग्रान्डस्लाममा भाग लिने पक्का भएको हो। उनी अस्ट्रेलियन ओपनअघि हुने न्युजिल्यान्डको अकल्यान्ड ओपनमा पनि सहभागी हुनेछन्।

भेनसले गत सेप्टेम्बरमा यूएस ओपनको मिक्स डबल्स खेलेकी थिइन्। आफ्नी बहिनी सेरेनासँग यूएस ओपन खेलेकी उनले आफ्नो करियरमा सात पटक ग्रान्डस्लाम जितेकी छन्।

मेलबर्न पार्कमा हुने अस्ट्रेलियन ओपनमा भेनसको यो २२ औँ सहभागिता हुनेछ। २५ वर्षअघि यो ग्रान्डस्लाममा डेब्यु गरेकी भेनस सन् २००३ र २०१७ मा फाइनलमा पुगेकी थिइन्।

‘मेलबर्न फर्कने अवसर पाउँदा उत्साहित छु। अस्ट्रेलियन ओपनमा २० वर्षभन्दा अगाडिबाट प्रस्तिपर्धा गर्दै आइरहेको छु। एक पटक फेरि मेलबर्नको कोर्टमा उत्रदा अन्त्यन्तै हर्षित हुनेछु,’ कुनै समय विश्व टेनिसको शीर्षस्थानमा रहेकी भेनसले भनेकी छन्।

पछिल्ला केही वर्षयता भेनसलाई कोर्टमा विरलै दखिने गरेको छ। हाल १००७ औँ वरीयतामा रहेकी भेनस ग्रान्डस्लामका चार विजेतासँग अकल्यान्डमा प्रतिस्पर्धा गर्नेछिन्। उनीबाहेक यूएस ओपनकी पूर्वविजेता इम्मा राडुकानु र स्लोएन स्टिफन्स र सन् २०२० को अस्ट्रेलियन ओपनकी विजेता सोफिया केनिन पनि अकल्यान्ड ओपनमा सहभागी हुनेछन्।

सन् २०१५ मा अकल्यान्ड ओपन जितेकी भेनसले आफ्नो करियरमा कुल ४९ उपाधि जितेकी छन्। यसबीचमा उनी विम्बल्डनमा पाँच र यूएस ओपनमा दुई पटक विजेता बनेकी छन्।

प्रकाशित: ६ पुष २०७९ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =