झापामा हात्ती आतंक : १० वर्षमा ५६ जनाको मृत्यु

हिमाल प्रेस ६ पुष २०७९ १५:०१
8
SHARES
झापामा हात्ती आतंक : १० वर्षमा ५६ जनाको मृत्यु फाइल तस्बिर।

बिर्तामोड– झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ। सोही अवधिमा १६ वटा हात्ती मरेका छन्। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट उनीहरुको मत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

जंगलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवन पाठकले जानकारी दिए। मंगलबार मात्र बाख्रालाई घाँस काट्न जंगल गएका बाह्रदशी गाउँपालिका १ का ३७ वर्षीय जगत भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ।

छिमेकी गाउँपालिका कचनकवल १ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भएका थिए।

घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मंगलबार अपराह्न ३ बजे हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ। सोही वडाका ८० वर्षीय देवी अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृत्यु भएको थियो।

प्रकाशित: ६ पुष २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =