मतदातासमक्ष गगनको अपिल- विवेकपूर्ण निर्णय गर्नुहोला

हिमाल प्रेस ६ पुष २०७९ ७:५९
50
SHARES
मतदातासमक्ष गगनको अपिल- विवेकपूर्ण निर्णय गर्नुहोला

काठमाडौँ- कांग्रेस महामन्त्री तथा संसदीय दलको नेताका उम्मेदवार गगन थापाले विवेकसम्मत निर्णय गर्न आग्रह गरेका छन्।

मतदान सुरु हुनुपूर्व अपिल जारी गर्दै थापाले अग्रज नेताहरू तथा सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न आग्रह गरेका हुन्। संसदीय दलको चुनावले कांग्रेसको भविष्य दिशानिर्देश गर्ने उनको भनाइ छ।

‘आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ,’ उनले भनेका छन्।

‘भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमानदारितापूर्वक आत्मसात् गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु।’

दलको नेतामा थापा संस्थापन इतर समूहका उम्मेदवार हुन्। यता संस्थापनबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफै संसदीय दलको नेतामा भिड्दैछन्।

प्रकाशित: ६ पुष २०७९ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =