आज ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ खाने, भोलि अरू सांसदलाई खुवाउने

हिमाल प्रेस ६ पुष २०७९ ७:१७
2
SHARE
आज ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ खाने, भोलि अरू सांसदलाई खुवाउने

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउँदै छिन्।

राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन्।

नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ। सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई भोलि दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ।

नेपालको संविधानअनुसार संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

प्रकाशित: ६ पुष २०७९ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =