सेनाको अपरेसन महाहन्ट : आधुनिक हतियार, दुई गाडीसहित पाँच सिकारी पक्राउ

हिमाल प्रेस ५ पुष २०७९ २०:५५
10
SHARES
सेनाको अपरेसन महाहन्ट : आधुनिक हतियार, दुई गाडीसहित पाँच सिकारी पक्राउ

काठमाडौँ- नेपाली सेनाले वन्यजन्तुको अवैध चोरीशिकारीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। वन्यजन्तुको अवैध चोरी शिकारी रोक्न संचालन गरिरहेको ‘अपरेशन महाहण्ट-९’ अन्तरगत पर्सास्थित राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा वेश चारभैयाबाट खटिएको टोलीले पाँच शिकारी पक्राउ गरेको हो। उनीहरुसँग  इजाजतप्राप्त हातहतियार र बन्दोबस्तीको सामाग्री थियो।

उनीहरूलाई सोमबार नेपाली सेनाले  पक्राउ गरेको सैनिक जनसम्पर्क तथा सूचनाा निर्देशनालयले जनाएको छ। सिद्धिबक्स गणको सुरक्षा वेश चारभैयाबाट निकुञ्‍ज प्रशासनको कर्मचारी सहित खटिएको सेनाको टोलीले जमुनिया खोला नाका इलाकामा एम्बुस थापेर खोजतलास गर्दा शंकास्पद मानिस, हतियार, गाडी र अन्य सामाग्री बरामद गरेको हो।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि बरामद गरिएको सामाग्रीहरु सहित पर्सा राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाईएको निर्देशनालयले जनाएको छ। सेनाले उनीहरुका साथबाट मृत जरायो, जरायोको टाउको, १२ बोर नाल, गोली, प्वाईन्ट २२ हतियारको नौ राउण्ड गोली, नाईट भिजन राईफल स्कोप केशसहित, हतियारको इजाजत पत्र, ल्याण्ड क्रुजर र बोलेरो गाडी, बैक तथा वित्तीय संस्थाको चेक, एटिएम लगायतका सामाग्री बरामद गरेको छ।

प्रकाशित: ५ पुष २०७९ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =