देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

हिमाल प्रेस ५ पुष २०७९ १५:३९
88
SHARES
देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

काठमाडौँ- कांग्रेस महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

‘उहाँ (देउवा)ले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिने कुरा कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुन्छ। यसले कांग्रेसभित्र उत्साहको सञ्चार आउँछ,’ उनले भने।

यस्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहलाई पनि संसदीय दलको निर्वाचनमा अहिलेको अवस्थालाई विचार गरिदिन आग्रह गरेका छन्।

उनले नेता डा. शेखर कोइरालाले आफ्नो पुस्ताको कुरा बुझेको बताए। ‘परिवर्तनको स्थायित्वका लागि एक भयौँ, हाम्रो पुस्ता सक्षम भइसक्यो,’ उनले भने, ‘हाम्रो कुरा शेखरले बुझ्नु भयो, हाम्रो नेता शेखर हुनुभयो।’

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दिएका छन्।

 

प्रकाशित: ५ पुष २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =