एमटीभी ईएमएमा टेलर स्विफ्टले जितिन् चार अवार्ड

हिमाल प्रेस १ मंसिर २०७९ ११:५१
एमटीभी ईएमएमा टेलर स्विफ्टले जितिन् चार अवार्ड
काठमाडौँ- अमेरिकी गायिका टेलर स्विफ्ट गत आइतबार सम्पन्न ‘एमटीभी युरोपियन मुभी अवार्ड (ईएमए)’मा सर्वाधिक अवार्ड हात पार्न सफल भएकी छन्।
उनले अवार्ड कार्यक्रममा सबैभन्दा धेरै चारवटा उपाधि जितेकी छन्। जर्मनीको डसेलडोर्फमा भएको समारोहमा ३२ वर्षीयाा टेलरले ‘अल टू वेल’ को लागि वर्षको उत्कृष्ट कलाकार, उत्कृष्ट भिडियो, उत्कृष्ट पप र उत्कृष्ट लामो भिडियोको अवार्ड जितिन्।
अवार्ड जितेपछि समारोहमा बोल्दै सफलताको श्रेय टेलरले आफ्ना प्रशंसकलाई दिइन्। ‘मैले पुरस्कार पाउनुको एकमात्र कारण मेरा प्रशंसक हुन्,’ उनले भनिन्।
केही साताअघि टेलरको ‘मिडनाइट’ एल्बम सार्वजनिक भएको थियो। एल्बमले चर्चा कमाइरहेको छ। उनका प्रशंसकले एल्बम खूब मन पराइरहेका छन्।

प्रकाशित: १ मंसिर २०७९ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =