वडाध्यक्षको गाडी शंकास्पद भएपछि खानतलासी

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:३१
वडाध्यक्षको गाडी शंकास्पद भएपछि खानतलासी

भैरहवा- रुपन्देहीको सियारी १ का  वडाध्यक्षको गाडी शंकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ।

सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेता समेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो।

चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा भने केही नभेटेपछि प्रहरी फर्केको थियो।  शाहीको सवारी चेकजाँचगर्दा उनी घरमा थिएनन्।
राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम गरिरहेको बताए  ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =