बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि

हिमाल प्रेस १ मंसिर २०७९ ११:२२
बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि

काठमाडौँ- बंगलादेशको प्रतिव्यक्ति आय वृद्धि अघिल्लो बर्षको तुलनामा बढेको छ। आर्थिक वर्ष २०२१/०२२ (जुलाई २०२१ देखि जुन २०२२) को बंगलादेशको प्रतिव्यक्ति आय दुई हजार ८२४ अमेरिकी डलर पुगेको बुधबार सार्बजनिक पछिल्लो आधिकारिक तथ्यांकले देखाएको छ।

अघिल्लो आर्थिक वर्ष २०२०-०२१ (जुलाई २०२० देखि जुन २०२१) मा बंगलादेशको प्रतिव्यक्ति आय दुई हजार ५९१ डलर रहेको थियो।

प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सन् ०२१/०२२ मा बंगलादेशको कूल गार्हस्थ उत्पादन वृद्धिदर ७.२५ प्रतिशत पुगेको छ।

बंगलादेशको तथ्यांक विभागले आर्थिक वर्ष २०२१-०२२ मा देशको कूल गार्हस्थ उत्पादन चार खर्ब ६५ अर्ब डलर पुगेको जनाएको छ।

बंगलादेशमा पछिल्लो समय इन्धन अभाब, उर्जा संकट र विश्वव्यापी खाद्यान्न समस्यालगायतका कारण आर्थिक मन्दी बढेको भन्दै यसलाई सम्बोधन गर्न विभिन्न तहमा बहस चलिरहेको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =